रेविज विरुद्ध अभियानमा लागौं ।

धादिङ,१३ असोज ।
हिजो विश्व रेविज विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न समय वा दिनहरुमा विभन्न प्रकारका दिवसहरु मनाइए जसरी फेरी पनि दिवस मनाइएको छ । यो विगतको सम्झना र आगामी दिनलाई सचेततापूर्वक सम्झने दिनको रुपमा लिन सकिन्छ ।

हामीले विभिन्न समयमा विभिन्न प्रकारका दिवसहरु मनाइदै आइएको छ । तर, अधिकाँश दिवसलाई दिवसको रुपमा मात्रै मान्ने हाम्रो प्रचलन छ। यस्मा सुधार ल्याउन जरुरी छ । अन्य दिवसहरु जस्तै रेविज विरुद्धको दिवस पनि हामीले मनाइरहेका छौं ।  कतिपय दिवसहरु खुसीयालीको अवसरमा मनाउने गरिएको छ त कतिपय दिवसहरु हाम्रो स्वास्थ्यमा दिर्घकालीन समस्याबाट बच्नको लागि वा पूर्णविराम सम्म लगाउने कामबाट बच्ने उद्देश्यकै लागि बनाउर्दै वा सम्झना गर्दै मनाउने गरिन्छ। सोहि कार्यक्रम अन्तर्गत आम सरोकारवालाहरुले विश्व रेविज विरुद्धको दिवसलाई सम्झना सम्म गरेरै भएपनि मनाइएको छ ।

रेविज विरुद्धका अभियानमा अहिले विश्वभरको ध्यान गैरहेको छ । खासगरी रेविज वन्यजन्तुको अव्यवस्थित बास स्थानकै कारण हुने गरेको पाउन सकिन्छ ।

बनजंगलमा रहेका स्याल, व्वाँसा लगायतका जिवजनावरहरुले घर पालुवा जनावरहरुमा सजिलै सार्न सक्ने रेविज रोगकै कारण लाखौं मानिसहरुले ज्यान गुमाउनु परिरहेको छ । प्राणघातक रोगमा सुचिकृत भएका कारण रेविज रोगप्रति विश्वको ध्यान तानिरहेको हो।

खासगरी जंगली जनावारहरुले मानिसको घरमा पालेरे राखेको कुकुरहरुमा रेविज सार्न गरेको पाउन सकिन्छ भने कुकुरहरुले मानिसको घरमा पालेले अन्य घरपालुवा जनावरहरु र मानिसमा समेत सार्ने गर्छन्। कुकुर या अन्य रेविज संक्रमित जनावरहरुको ¥यालको माध्यमबाट मानिस या जनावरहरुमा सजिलै यो रोग सर्ने भएकाले आममानिसहरु समेत रेविज विरुद्धको अभियानमा जोडिनु जरुरी छ ।

अहिले जनस्वास्थ्यसंग सरोकार राख्नेहरुले रेविज विरुद्धका कार्यक्रममा हातेमालो गरिरहेका छन् । रेविज सन् २०३० भिन रेविज उन्मुलनको उद्देश्यका साथ काम गरिरहेका छन् भने अन्य आमनागरिकहरुमा यो समस्याबारे बुझ्न र बुझाउन बाँकी नै रहेको पाउन सकिन्छ । जंगली जनावरहरुले मुख्यगरी घर पालुवा कुकुरहरुमा रेविज सार्ने भएकाले रेविज लाग्नबाट कुकुरहरुलाई बचाउनु पहिलो कर्तव्य हो ।

मानिसको घर कुर्ने र अन्यि सम्पत्ति तथा सामानहरुको सुरक्षामा कुकुर प्रयोग गर्ने हामीहरुले कुकुरलाई नै जंगली जनावरहरुबाट बचाउन सकेनौं भने हामी कसरी सुरक्षित रहन सक्छौं ? के एक वर्षमा एक पटक भ्याक्सिनेशन गर्न हामी सक्दैनौं ? सरकारको तर्फबाट वार्षिक रुपमा संचालन गरिएको भ्याक्सिनेशन कार्यक्रम व्यवस्थित मात्रै गर्न सकेको खण्डमा पनि यसले केही सहयोग गर्न सक्दछ ।

यस कुरामा सरकारको समेत ध्यान गैरहेको छैन । किसानलाई भ्याक्सिन गरौं रेविजबाट बचौं भन्ने सन्देश दिएर मात्रै हुँदैन हामी भ्याक्सिन उपलव्ध गराउँछौं, सबै कुकुरहरुको सुरक्षा गरौं भन्ने सन्देश दिने नयाँ नारा ल्याउनुप¥र्यो हैन भने नेपाललाई रेविज उन्मुलन लगाउने नारा नारामा मात्रै सिमित रहन सक्छ यसतर्फ सरोकारवालाहरुको पनि ध्यान जान जरुरी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्