अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ । डलरको भाउ आज अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।

एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्