लागुऔषध सेवन गरी सवारी चलाउने धादिङका सुजन ढकाल पक्राउ

धादिङ,१३ असोज ।
लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा १ जना चालक पक्राउ परेका छन् ।

बिहिबार साँझ नागढुङगा सडक खण्डमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा धादिङको धुनिबेशी नगरपालिका ५ का २३ बर्षिय सुजन ढकाललाई पक्राउ गरेको हो ।

बागमती प्रदेश ०१–००६ ख ३९९१ नम्बरको आईचर गाडीका चालक ढकाल लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चेकिङको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा हालसम्म ४ जना चालक फेला परेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टिएचसि किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्