काउण्टरका कर्मचारी पक्राउ परेपछि काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र

धादिङ,१३ असोज।
बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् ।

बुधबार सादा पोशाकमा यात्रु बनेर काउण्टर पुगेका प्रहरीले टिकट काउण्टरका कर्मचारीलाई बढी भाडा असुलेको, झोला लगेजको समेत मनलाग्दी भाडा लिएको आरोपमा पक्राउ गरेपछि काउण्टर बन्द भएको मंण्डली यातायात धादिङका अध्यक्ष शरद अधिकारीले बताउनुभयो ।

बस नचल्दा यात्रुहरु अलपत्र परेका छन् । गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ । फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्