मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै, देशभर झण्डै २६ लाखमा कुनै न कुनै प्रकारको मुटु रोग

धादिङ,१३ असोज ।
आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

आज “मन लगाउ, सम्पर्क बढाउ र मुटु बचाउ भन्ने नारा साथ धादिङमा पनि बिबिध कार्यक्रम गरी मनाईएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्कअनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टोरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।

जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बँच्न सकिन्छ । यस्तै, सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरले बताएका छन् । यस्तै धादिङमा पनि पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

स्वास्थ्यप्रतिको सचेतना आम नेपालीमा नभएको कारण मुटु रोग बढ्दै गएको धादिङ अस्पतालका मेडिकल अधिकृत डा. माधव विश्वकर्माले बताउनुभयो । धादिङ अस्पतालमा दिनहुँ जसो हृदयघातका बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।गएको महिनामात्रै प्रेसर हाई र उच्च रक्तचापका ४ जना बिरामीलाई गंगालाल हृदय रोग केन्द्रमा रेफर गरिएको डा.विश्वकर्माले बताउनुभयो ।
डा.माधव विश्वकर्मा आवाज….

यसैगरी हामिले धादिङ अस्पतालका मेडिकल अधिकृत डा.रामचन्द्र रिजाललाई मुटु रोग के हो,कसरी लाग्छ,कसरी पत्ता लगाउने र यसबाट कसरी बच्न सकिन्छ भनेर सोधेका छौँ ।
डा.रामचन्द्र रिजाल आवाज…..

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्