गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए ।

उनका अनुसार कोरोना संक्रमणबाट मुत्यु हुनेहरुमा सबैभन्दा बढी स्याङजाका रहेका छन् । पछिल्लो २४ घन्टामा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ २,नवलपरासीका २ सहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेका छन् । 

पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाका मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पोखरा १४ का ८४ वर्षीय पुरुष,मुस्ताङको मुक्तिनाथ १ का ३३ वर्षीय पुरुष, काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिला, रुपन्देही तिलोत्तमा–१६ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्