आइतबार थपिए ७ हजार ३ सय ६८ संक्रमित, थप १४५ को ज्यान गयो

नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट १९ हजार ५ सय ३९ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको उनले बताए ।

गत २४ घण्टाको अवधिमा १४५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्