सुनको मूल्य बढ्ने क्रम जारी, यस्तो छ आजको मूल्य

३ जेठ । पछिल्लो समय लगातार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ ।आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पुन: ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्