काठमाडौँ । चीन सरकाले अनुदानमा दिएको थप अक्सिजन सिलिण्डर काठमाडौँ आइपुगेको छ । आइतबार र सोमबार गरी ९७५ अक्सिजन सिलिन्डरद काठमाडौँ आइपुगेको हो । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आइतबार ५७५ र सोमबार ४०० सिलिण्डर अक्सिजन ल्याएको हो । विमानले ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर ल्याएको थियो । विमानले १५७ थान अक्सिजन कन्सन्ट्रेटर पनि ल्याएको छ ।