मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार साँझ महेन्द्रनगर बजारबाट भीमदत्त नगरपालिका–१ को राजीपुर जाँदै गरेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्