अब डेस्कटपबाटै इन्स्टाग्राममा पोस्ट गर्न सकिने

फोटो शेयरिङ एप इन्स्टाग्राम सुरुवातदेखि नै मोबाइल फोन केन्द्रित एपको रुपमा रहेको छ । यद्यपि फेसबुक स्वामित्वको यो सोसल मिडिया प्लाटफर्मले आफ्नो दायरा विस्तार गर्दै डेस्कटपमा समेत उपलब्ध हुने भएको छ ।

प्रविधि क्षेत्रका विभिन्न तथ्यहरु अग्रीम रुपमा सार्वजनिक गर्दै आएका Alessandro Paluzzi का अनुसार निकट भविष्यमै इन्स्टाग्राम प्रयोगकर्ताले डेस्कटपमा वेब पेजबाटै सामाग्रीहरु पोस्ट गर्न सक्नेछन् 

लोकप्रिय फोटो तथा भिडियो शेयरिंग प्लाटफर्म इन्स्टाग्रामका प्रयोगकर्ताहरुका लागि यो डेस्कटपबाटै इन्स्टाग्राम चलाउन सकिने नयाँ फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ । हालसम्म प्रयोगकर्ताले इन्स्टाग्रामको मोबाइल एप तथा मोबाइलको वेब भर्सनबाट मात्र आफ्नो फिडमा पोस्ट गर्न पाउँदछन् ।

अलेसान्द्रो पालुज्जीले गरेको ट्वीटमा राखेका तस्वीरहरुबाट पनि प्रष्ट हुन्छ कि डेस्कटप भर्सनमा इन्स्टाग्रामको पूर्ण इन्टरफेस रहनेछ र त्यसमा प्रयोगकर्ताले आफ्नो अकाउन्टको फिडमा नयाँ पोस्ट गर्न तथा इडिट गर्न सक्नेछन् ।

उक्त नयाँ इन्टरफेसमा फोटो तथा भिडियो drag-and-drop गर्ने, क्रप गर्ने, फिल्टर एप्लाई गर्ने तथा अरु प्रयोगकर्तालाई ट्याग गर्ने लगायतका फिचर पनि रहेका छन् । साथै नयाँ फिचर सहितको डेस्कटप भर्सनको डिजाइन भाषा पनि मोबाइल एप भर्सनकै जस्तो हुने देखिएको छ ।

यस विषयमा इन्स्टाग्राम तथा उसको मातृ कम्पनी फेसबुकले कुनै आधिकारिक टिप्पणी गरेको छैन तथापि यो वर्षको अन्त्य सम्ममा इन्स्टाग्रामको उक्त नयाँ फिचर सुरुवात हुने अपेक्षा गरिएको छ ।

एजेन्सी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्