राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः डा पुष्प कडेँल नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः डा पुष्प कडेँल नियुक्त हुनुभएको छ । उहाँको बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।उहाँ एमालेको केन्द्रीय लेखा आयोगको अध्यक्ष हुनुहुन्छ ।

धादिङ स्थायी घर हुनुभएका कडेँल यसअघि पनि आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो । प्रधानमन्त्री पद मुक्त भएसँगै उहाँको पद पनि मुक्त भएको थियो । मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेसँगै डा कडेँलले आज सपथ लिनुभएको हो । आयोगको अध्यक्ष प्रधानमन्त्री रहनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्