ईन्द्रेणीकी चर्चित बाल गायिका नविनाको पहिलो गितले सबैलाई रुवायो !

ईन्द्रेणिकी चर्चित बाल गायिका नविना केसीको पहिलो गित खुसी गुमेको सार्वजानिक भएको छ ।

पश्चिम रुकुमको बाफिकोट गाउँपालिकामा जन्मिएकी ११ बर्षकी केसी पछिल्लो समयकी चर्चित बालगायिका समेत हुन् । ३ वर्षकै उमेरमा वावु गुमाएकी केसीको वास्तविक जीवनमा आधारित सो गित साच्चै मर्मस्पर्शी बनेको छ । गितमा गायक दिपेन्द्र पौडेल र चक्र अभिरलको समेत आवाज रहेको छ । गितको शब्द पनि दिपेन्द्र पौडेलले नै लेखेका हुन् भने संगित चक्र अविरलको रहेको छ । गितको एरेन्ज यम थापा मगरले गरेका हुन् भने म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक प्रियजनराईले गरेका छन् । गितमा टिका श्रेष्ठ, सन्चिता गुरुङ, प्रकाश बराईली, सृजना लम्साल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

अहिलेका बाल प्रतिभाहरु मध्ये सबै भन्दा उत्कृष्ठ प्रतिभाको उपाधी पाईसकेकी नविनाको आवाजमा एक किसीमको जाँदुनै छ ।
लेकबेशी खबरको युटुव च्यानल मार्फत सार्वजानिक भएको सो गितको सम्पुर्ण पक्ष एकदमै सबल रहेको र गितले कुन बेला रुवाईदियो पत्तो समेत नभएको दर्शकहरुले प्रतिकृया दिएका छन् ।

पछिल्लो समय सार्वजानिक भएका वियोगान्त गितहरु मध्ये यो गित यो वर्षकै उत्कृष्ठ गित बनेको प्रतिकृयाहरु समेत प्राप्त भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्