पिएसजी फ्रेञ्च कप च्याम्पियन

पिएसजीले सिजनको फ्रेञ्च कपको उपाधि जितेको छ।

बुधबार भएको उपाधि भिडन्तमा मोनाकोलाई २-० गोलले पराजित गर्दै पिएसजीले उपाधि जितेको हो।

पिएसजीले पछिल्लो सात सिजनमा छैटौं पटक कपको उपाधि जितेको हो।

पिएसजीलाई उपाधि दिलाउने क्रममा माउरो इकार्डी र केलियन एमबाप्पेले एक-एक गोल गरे।

इकार्डीले खेलको १९ मिनेटमा एमबाप्पेले दिएको पासमा गोल गरेका थिए।

८१ मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर पारे। उनले डि मारियाको पासामा गोल गरे।

पिएसजीको सिजनमा यो दोस्रो उपाधि हो। फ्रेञ्च लिग वानको साविक विजेता पिएसजी अंक तालिकामा भने दोस्रो स्थानमा छ।

पिएसजी शीर्ष स्थानको लिलसँगै अन्तिम खेलअघि एक अंकले पछि छ। आगामी आइतबार लिगको अन्तिम चरणको खेलपछि लिग विजेताको टुंगो लाग्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्