प्रधानमन्त्रीले विश्वासको मत नलिने, धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रियामा जाने

काठमाडौं- मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ (५) को प्रावधान अनुसार सरकार गठनको प्रक्रियामा अघि बढ्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो।

अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। अब विश्वासको मत नलिने र संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने दिशामा अघि बढ्ने निर्णय भएको एक मन्त्रीले बताए।उनले प्रधानमन्त्रीले विश्वासको मत नलिने बताए। प्रधानमन्त्रीले राजीनामा दिने विषयलाई पनि उनले अस्वीकार गरे।

अर्का एक मन्त्रीले प्रधानमन्त्रीले विश्वासको मत नलिने र संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय भएको बताए।

संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेमा धारा ७६ (५) मा प्रतिनिधि सभाको कुनै सदस्यले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्