गुल्मी । गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए ।
कोरोना संक्रमणको दोस्रो लहरबाट जिल्लामा एक हजारभन्दा बढी संक्रमित भएका छन् । जिल्लामा थप सुविधासम्पन्न अस्पताल नहुँदा धेरैजना बिरामी ठूलो रकम खर्चेर बुटवल, पोखरा, काठमाडौं लगायतका शहरमा लैजानुपर्ने बाध्यता रहेको छ ।तर जिल्लामै आईसीयू बेड स्थापना भएपछि राहत मिल्ने अपेक्षा गरिएको छ ।