महामारीविरुद्ध जुध्न नेपाललाई अष्ट्रेलियाले ६३ करोड सघाउने

काठमाडौं। अष्ट्रेलिया सरकारले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई ७ मिलियन अष्ट्रेलियन डलर सहायता प्रदान गर्ने घोषणा गरेको छ । नेपाली रुपैयाँ ६३ करोड ४८ लाख रुपैयाँ नेपाललाई सघाउने कुरा अष्ट्रेलियाली दूताबासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो । विज्ञप्तिमा नेपालसहित दक्षिण एसियाका बंगलादेश र श्रीलंकालाई उसले दिने भनेको १७.५ मिलियन डलरकै एउटा हिस्सा नेपाललाई घोषणा गरिएको उक्त सहयोग रहेको उल्लेख गरिएको छ ।प्रदेश सरकारलाई अक्सिजन लगायतका जरुरी उपकरण र स्वास्थ्यकर्मीको लागि पीपीई लगायतका सामग्री आदि यो सहयोगमा समावेश रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्