वाग्मती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ मा बोलाइयो

हेटौंडा । बागमती प्रदेश सभाको आठौं अधिवेशन जेठ १६ गते आइतबारका लागि बोलाइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।

प्रदेश सभामा विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिन प्रमुख प्रतिपक्ष दलले माग गरेका छन् । तर सरकारले नमान्दा विपक्षी दल नेकपा माओवादीले संसद अवरुद्ध गरेको थियो । लगातार ४ पटकसम्म बैठक चल्न नसकेपछि सरकारले बिजनेस हुँदाहुँदै पनि सातौं अधिवेशन अन्त्य गरेको थियो ।

जेठ १६ गते बजेट अधिवेशनको शुभकामना दिने तथा प्रदेश सभामा दर्ता भएको पर्यटन सम्बन्धी विधेयक बैठकमा पेश हुने प्रदेश सभा सचिव कृष्ण खड्काले बताए । उनका अनुसार सातौं अधिवेशनमै पेश हुनुपर्ने लोकसेवा आयोगको प्रतिवेदन, मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन र समितिको प्रतिवेदनहरु बजेट अधिवेशनमा पेश हुनेछन् 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्