राष्ट्रपति भण्डारीद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले आइतबार जन्मसिद्धका सन्तानले नागरिकता पाउने सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालको नागरिक (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

यो अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । लामो समयदेखिको विवादले नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन अवस्थामा थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्