रेकर्डमाथि रेकर्ड तोड्दै बीटीएसको नयाँ गीत ‘बटर’

काठमाडाैं- चर्चित कोरियन म्युजिक ब्याण्ड बीटीएसको नयाँ गीतले सबैभन्दा कम समयमा सबैभन्दा धेरैपटक हेरिने भिडियोको रेकर्ड बनाएको छ।

विश्व चर्चित ब्याण्ड बीटीएसलेले सार्वजनिक गरेको ‘बटर’ बोलको म्युजिक भिडियोले युट्युबमा अपलोड गरेको १३ मिनेटमा एक करोड भ्युज बनाएर युट्युबको सबै रेकर्ड तोडेको हो। यसअघि ‘डाइनामाइट’ गीतको भिडियोले २४ घण्टामा १० करोड भ्युज बनाएर रेकर्ड बनाए थियो।

पछिल्लो २४ घण्टामा भने बीटीएसले १५ करोड भ्युज बनाउन सफल भएको छ। बीटीएसको नयाँ गीतले यतिखेर हरेक देशका युट्युबमा ट्रेण्डिङको एक नम्बर कब्जा गरेको छ। अमेरिकालगायत ठूला राष्ट्रमा मात्रै हैन, नेपाल र भारतमासमेत यो गीत युट्युबको एक नम्बर ट्रेण्डिङमा छ।

बीटीएसका फ्यान फलोइङ निकै लोभलाग्दो छ। उनीहरु आफूलाई आर्मी अर्थात् ‘एडोरेवल रिप्रिजेन्टेटिभ एमसी फर युथ’ भन्छन्।

यी आर्मीहरु यति धेरै शक्तिशाली छन् कि, उनीहरु हरेक मुभमेन्टलाई सफल बनाउन सक्छन् र विफल पनि। यिनीहरुले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीलाईसमेत असफल बनाएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्