आईपीएलका बाँकी खेल १५ सेप्टेम्बरदेखि युएईमा हुने

काठमाडाैं-  इन्डियन प्रिमियर लिग  आईपीएलका बाँकी खेल संयुक्त अरब इमिरेन्ट्स् (युएई) मा हुने भएको छ।

भारतमा काेराेना महामरीकाे दाेस्राे लहर सुरु भएसँगै स्थगित भएकाे लिगका बाँकी खेल आगामी १५ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म युएईमा गर्न  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)तयार भएकाे हाे।

खेलाडी र स्टाफहरु नै कोरोनाको सक्रमणमा आएपछि बीसीसीआईले सिजनका ३१ खेल बाँकी छदै नै आईपीएललाई ‘सस्पेन्ड’ गरेको थियो।

बीसीसीआईले आईपीएलका बाँकी खेल यूएई वा इङल्यान्डमध्ये एक ठाउँमा खेलाउने बारेमा सोचे पनि अन्ततः युएईमा नै लिग गराउने निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बीसीसीआईले आगामी २९ मे मा विशेष बैठक बोलाएको छ। बैठकले यसबारेमा थप निर्णय गर्नेछ। यससँगै, बीसीसीआईसँग दुई चुनौती छन्। अहिलो आईसीसी टी–२०विश्वकप, जुन यस वर्ष अक्टुबर-नोभेम्बरमा खेलिने छ।

यता, अर्काे समस्या भनेकाे भारत र इंग्ल्यान्ड बिच तय भएकाे टेस्ट श्रृंखला हो। बीसीसीआईले  इंग्ल्यान्ड क्रिकेट बोर्डलाई पनि टेस्ट खेलको अन्तर कम गर्न अनुरोध गरेको छ।

आईपीएल स्थगित हुनुअघि ८ खेल खेलेको दिल्ली क्यापिटल्स १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ। ७ खेल खेलेका चेन्नई सुपर किंग्स १० अंकमा दोस्रो र समान खेलबाट त्यति नै अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छन्।

७ खेलबाट ८ अंक जोडेको मुम्बई इन्डियन्स चौथो, ६ अंक जोडेको राजस्थान रोयल्स पाँचौ, एक खेल बढी खेलेको पञ्जाव किग्ंस ६ अंकमा छैटौँ स्थानमा छ।

७ खेलबाट ४ अंक भएको कोलकाता नाइड राइडर्स पुछारबाट दोस्रोमा छ। समान खेल खेलेको सनराइजर्स हैदरावाद २ अंकमा तालिकाको पुछारमा छ।

 विश्वकप आयोजनबारे शंका
 विश्वकप टी २० क्रिकेट भारतमा आयोजना हुने तय भएको छ। तर, भारतमा कोरोना भाइरसको बढ्दो महामारीले विश्वकप आयोजनबारे शंका उत्पन्न भएको छ।

 यदि विश्वकप भारतमा आयोजना गरिएन भने याे खेल युएईमा हुनेछ। यद्यपि, बीसीसीआईले भारतमा नै विश्वकप आयोजना गर्न यथासक्दो प्रयास गरिरहेकाे छ। @nepallive

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्