हेटौंडा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । 
पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालको कोभिड इन्चार्ज डा. सागर काफ्ले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ की ६१ वर्षकी एक महिलाको आइतबार दिउसो १ बजेको समयमा मृत्यु भएको हो । 

त्यस्तै थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका एक पुरुषको आज विहान करिव १० बजेको समयमा मृत्यु भएको उनले बताए । 
केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि थप उपचारका लागि हेटौंडा अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको थियो ।योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १३ जना महिला र ३४ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्