रहिनन् वरिष्ठ साहित्यकार वानिरा गिरी

जेठ । वरिष्ठ साहित्यकार तथा लेखक डा वानिरा गिरीको निधन भएको छ। ७५ वर्षिया गिरीको निधन आइतबार राति नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा भएको साहित्यकार नरेन्द्र प्रसाईंले जानकारी दिए।

झण्डै ३ वर्षयता अल्जाइमर्स रोगबाट ग्रसित वानीरालाई ३ साताअघि कोरोना पोजिटिभ देखिएको थियो । उनी नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम महिला पनि हुन ।

कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी उनले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन् ।

उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन् ।

उनको निधन भने हृदयघातका कारण भएको जनाइएको छ। गिरिमा कोरोना संक्रमणसमेत यथावतै रहेकाले उनको अन्तिम संस्कारको जिम्मेवारी भने नेपाली सेनाले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्