धादिङ सहित प्रदेशका सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आवहान

धादिङ,११ जेठ ।
वागमती प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान भएको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौडाले बोलपत्र आवहान गर्दै धादिङ असपताल सहित सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न लागेको हो ।

मन्त्रालयले एक साताको समय दिए टेण्डर आह्वान गरिएको र तत्कालै ती अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौडाका प्रमुख बशन्त अधिकारीले जानकारी दिनुभयो। प्रदेश अन्तर्गतका  धादिङको जिल्ला अस्पताल, रामेछाप जिल्ला अस्पताल, काठमाण्डौंको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र अह्वान गरिएको उहाँले वताउनुभयो । ८ करोड ५० लाख रुपैयाँ लागतमा करिब डेढ महिनाको अवधिमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको अधिकारीले वताउनुभयो ।

प्रदेश सरकार मातहत बिभीन्न जिल्लामा १३ वटा अस्पताल रहेका छन् । प्रत्यक अस्पतालमा एक दिनमा एक सय ५० शिलिण्डरका दरले अक्सिजन उत्पादन गर्नेगरी प्लान्ट जडान गर्न लागिएको हो । हेटौंडा अस्पताल र भक्तपुर अस्पतालमा ठुलो अक्सिजन प्लान्ट संघीय सरकारले जडानगर्ने भएको छ । यसैगरी सिन्धुली र त्रिसुली अस्पतालमा पहिले देखिनै सञ्चालनमा रहेको छ भने चरिकोट अस्पतालमा संघीय सरकारले राखिसकेको छ 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्