धादिङ अपडेट : आज ९२ संक्रमित थपिदा ८८ जना संक्रमण मुक्त

धादिङ,११ जेठ ।
धादिङका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका ६०, गल्छीका ९, गजुरीका ५, त्रिपुरासुन्दरीका ६, नेत्रावातीका १०, खनियाबासका २ गरि जिल्लामा ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 

यससँगै जिल्लामा सक्रिय केश १ हजार १२९ पुगेको छ । संक्रमित मध्ये ९८६ जना जिल्ला भित्र र १४३ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।

यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ७०८ पुगेको छ । जिल्ला भित्र अस्पताल आइसोलेसनमा ३०, संस्थागत आइसोलेसन अन्तरगत धुनिबेसिमा १, गल्छीमा ७, गजुरीमा ७, त्रिपुरासुन्दरीमा ६, रुवीभ्यालिमा ३ र होम आइसोलेसन् मा ९३२ रहेका छन्।

त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १२७ जना रहेका छन्।  संक्रमणका कारण निलकण्ठका ७२ बर्षीय पुरुष, सिद्धलेकका ३५ बर्षीय पुरुष र नेत्रावतीका ४९ बर्षीय पुरुष गरि आज ३ जनाको मृत्यु भएसंगै जिल्लाको मृत्यु संख्या ४३ पुगेको छ ।  

आज जिल्लाका ८८ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ५३६ पुगेको छ । आज धुनिबेसिमा २६ र थाक्रेमा ६ गरि ३२ स्वाब संकलन भएको छ । यससँगै जिल्लाभरका ६९६ जनाको नतिजा आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्