टुकी नेपालद्वारा डीएमएन धादिङलाई मास्क र सेनिटाईजर प्रदान

धादिङ जेष्ठ १५ । टुकी नेपालले धादिङ जिल्लामा कार्यालय संचालनमा रहि संचालनमा आएका अनलाईनहरुको संस्था डिजिटल मिडिया नेटवर्क (डीएमएन) धादिङलाई मास्क र सेनिटाईजनर प्रदान गरेको छ ।

टुकी नेपालले डीएमएन धादिङलाई सेनिटाईजर (५०० एमएलको १० वटा आफिसको लागि र १२० एमएलको पत्रकारका लागि) मास्क ३० जना पत्रकारका लागि ५० पिस रहेको ३० वटा वक्स प्रदान गरेको हो । यसमा टुकी नेपालका अध्यक्ष एवम् धादिङ ज्यामरुङ निवासी समाजसेवी कमल सापकोटाले धादिङका अनलाईन मिडिया हाउस र उक्त अनलाईनमा काम गर्ने पत्रकारहरुका लागि उक्त स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनु भयो । यस्तै टुकी नेपालले पत्रकार महासंघले संचालनमा ल्याएको आईशोलेसनको लागि २ सेट थर्मल गन, २ सेट अक्सिमिटर सहयोग गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्