धादिङ रेडक्रस द्धारा अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी धादिङले धादिङ अस्पतालद्धारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेको छ। शुक्रबार कोभिड अस्पताल परीसरमा आज एक कार्यक्रम गरी अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला र मे.सु.डा.त्रिभुवन चन्द्र झालाई धादिङ रेडक्रसका सभापति नारायण तिमिल्सिनाले स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नुभएको छ ।

स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सनटेटर १ थान,मेडिकल सर्जिकल मास्क १ हजार पिस,ल्(ढछ फाईभ मास्क–सय पिस,पिपिई ४ पिस,कम्बल २० थान,अटोमेटिक स्प्रे मेसिन १ थान, क्लोरिन ५ लिटर,स्यानीटाईजर ५ लिटर,ह्याण्ड स्यानिटाईजर ९ वटा, डिटोल साबुन ६० पिस,बाल्टी १० थान,जग १० थान, व्यक्तिगत सरसफाइ सामाग्री(ब्रस,मन्जन,साबुनहरु, टावेल) २५ थान र डेड बडी (शव ब्याग) ५ थान रहेको अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो । यस्तै सभापति तिमिल्सिनाले अस्पतालको २० ओटा अक्सिजन सिलिन्डर काठमाडौबाट भरेर ल्याउन  २० हजार नगद समेत सहयोग गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्