धादिङमा कुन स्थानीय तहले संघबाट कति अनुदान पाए हेर्नुहोस बिबरण सहित

धादिङ,१६ जेठ ।
दुई वटा नगरपालिका र एघार वटा गाउपालिमा रहेको धादिङ जिल्लामा आगामी आर्थिक वर्ष २०७८/७९ को लागिे सबैभन्दा वढी बजेट निलकण्ठ नगरपालिकाको ६३ करोड १ लाख रूपैया रहेको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ४९ लाख रूपैया रहेको छ ।

यसैगरी धुनिवेसी नगरपालिकाले ३७ करोड २८ लाख, थाक्रे गाउँपालिकाले ४५ करोड १५ लाख, गल्छी गाउँपालिकाले ३५ करोड २९ लाख पाउने भएको छ । यस्तै गजुरी गाउँपालिकाले ३८ करोड १५ लाख,बेनिघाट रोराङ गाउँपालिका ४५ करोड ९५ लाख, सिद्धलेक गाउँपालिकाले ३७ करोड २५ लाख, ज्वालामुखी गाउँपालिकामा ३४ करोड ४५ लाख रहेका छ ।

त्रिपुरासुन्दरी गाउँपालिकामा ४० करोड ८ लाख, गँगाजमुना गाउँपालिकामा ३९ करोड ६७ लाख, नेत्रावती डबजोङ गाउँपालिकामा २३ करोड ८१ लाख, खनियावास गाउँपालिकामा २३ करोड ८६ लाख बिनियोजन गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्