राजनीतिक किचलोले सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अनिश्चित

नगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अनिश्चित बनेको छ । सरकारले अगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट प्रदेशसभामा पेश गर्ने समय घर्किदा समेत सरकारले प्रदेशसभाको बजेट अधिवेशन बोलाउन सिफारिस गर्न नसकेपछि अनिश्चित बनेको छ ।

‘आर्थिक कार्यविधि ऐन अनुसार सरकारले बजेट ल्याउनु भन्दा १५ दिन अघि प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरि सक्नुपर्छ,’ सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले भने, ‘असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था भएका कारण भोलिसम्म अनिवार्य अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता सरकारमाथि छ । तर अहिलेसम्म त्यसबारे हामीलाई कुनै जानकारी छैन ।’

ख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भने प्रचलित ऐन कानून अनुसार नै सरकारले बजेट ल्याउने जनाएको छ । अहिले नीति तथा कार्यक्रम ड्राफ्ट गर्ने काम भइरहेको बताउँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सह प्रवक्ता जगदीश जोशीले समयमै नीति तथा कार्यक्रम पेश हुने जानकारी दिए ।

‘नीति तथा कार्यक्रम ड्राफ्ट गर्ने काम भइरहेको छ,’ जोशीले अनलाइनखबरसँग भने, ‘अन्तिम चरणको छलफल जारी छ । त्यसलाई मूर्त रुप दिएपछि प्रचलित ऐन र व्यवस्था अनुसार नै आउँला ।’

नेकपा एमाले भित्रको आन्तरिक विवादका कारण सरकारले समयमै अधिवेशन आह्वान गर्न नसकेको बताइएको छ । प्रदेशसभाको सातौँ अधिवेशन गत बैशाख ७ गते राति १२ बजेदेखि लागु हुने गरी तत्कालीन प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले अन्त्य गरेकी थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्