ढुक्क हुनुहोस बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले आगामी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ आएको स्पष्ट पारेका छन् । उनले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गरेका छन् । आगामी आर्थिक बर्ष २०७८ ÷७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलेले यस्तो बताएका हुन् । 

‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वस्त दिलाउन चाहन्छु’, उनले भने, ‘कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रीत गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौ ।’

‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन’, उनको भनाइ थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्