शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित

बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गतेसम्मका लागि स्थगित गरेका छन् ।

बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य चौलागाईंको निधन प्रति गहिरो समवेदना व्यक्त गर्दै सर्वसहमतिले शोक प्रस्ताव पारित गरेको हो । 

प्रदेशसभाको अर्को बैठक बिहान ११ बजे बस्ने बस्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्