लुम्बिनीका अस्पतालहरुमा तत्काल स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउन निर्देशन

लुम्बिनी प्रदेश सरकारले श्रोत अस्पतालहरुलाई एचडीयू, आईसीयू र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको छ ।

स्रोत सुनिश्चितता भएका अस्पतालहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आवश्यक सहजीकरण तथा अनुगमनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सामग्रीको खरिदका लागि संघ तथा प्रदेश स्वास्थ्स्य मन्त्रालयसँग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्काल खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्