धादिङमा कोरोनाको कारण मुत्यु हुनेको सख्या ४९ पुग्यो

धादिङ,१७ जेठ ।
कोरोना संक्रमणका कारण धादिङका थप एकजनाको मृत्यु भएको छ । संक्रमणबाट धादिङको गंगाजमुना गाउँपालिकाका ७१ बर्षीय पुरुषको मृत्यु भएको  स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको हो । यसअघि गत बिहिबार संक्रमणबाट ४ जनाको मृत्यु भएको थियो । धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धुनीबेशी नगरपालिकामा ९ जना, गंगाजमुनाका ६ जना,गजुरी र सिद्धलेकका ४/४ जना, बेनिघाट रोराङ÷त्रिपुरासुन्दरी र नेत्रावती डवजोङका २/२ जना, ज्वालामुखी र थाक्रे गाउँपालिकाका १÷१ जनाको मृत्यु भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्