धादिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धादिङ,१७ जेष्ठ । 
धादिङको निलकण्ठ नगरपालिका–८ स्थित थोपल खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–८ बिर्ताबेशी बस्ने २९ वर्षिय समिर मगर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले दिएको छ ।

सोमबार बिहान पौने २ बजेतिर करेन्ट लगाएर माछा मार्ने क्रममा घाईते भएका मगरको जिल्ला अस्पताल धादिङबेसीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्