बजेट कार्यान्वयनका लागि समय तालिकासहितको कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं- अर्थमन्‍त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यान्वयनका लागि समय तालिकासहितको कार्ययोजना बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन सम्बन्धमा मन्त्रीहरुसँग भएको छलफलमा उनले सोमबार यस्तो निर्देशन दिएका हुन्।

अर्थ मन्त्रालयले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउनका बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ।

‘बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं। बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नुहोस्,’ अर्थमन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ।’

अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुआतदेखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्