शान्ति नेपालद्धारा धादिङको ज्वालामुखीमा स्वास्थ्य सामग्री प्रदान

धादिङ,१७ जेठ
शान्ति नेपाल धादिङले धादिङको ज्वालामुखी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको शान्ति नेपालका कार्यक्रम संयोजक ईन्द्रमान शाक्यले बताउनुभयो।
आईतबार एक कार्यक्रमका बीच स्वास्थ्य सुरक्षाको सामाग्रीहरु गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाको रोहबरमा स्वास्थ्य संयोजक सुजन श्रेष्ठलाई हस्तान्तरण गरीएको छ ।
पिपिई २१ थान,सर्जिकल मास्क ३ हजार ५ सय,ग्लोब्स २८ बक्स,फेस शिल्ड ५० थान,स्यानीटाईजर,वेड ५ थान,अक्सिमिटर १४ पिस,अक्सिजन सिलिन्डर १० लिटरको ५ सिलिन्डर, अक्सिजन फ्लो मिटर १ पिस हस्तान्तरण गरीएको हो ।

स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले कोरोना भाईरस तथा रोकथाम तथा नियन्णको लागि सहज हुने भन्दै शान्ति नेपाललाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा शान्ति नेपालका कार्यक्रम संयोजक ईन्द्रमान शाक्यले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। शान्ति नेपाल धादिङमा खानेपानी तथा स्वास्थ्य र सरसफाईको क्षेत्रमा क्रियाशिल संस्था हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्