धादिङमा हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ५० जना(हेर्नुहोस विवरण)

धादिङ,१८ जेठ ।
कोरोना संक्रमणका कारण धादिङका थप एकजना पुरुषको मृत्यु भएको छ । संक्रमणबाट धादिङको थाक्रे गाउँपालिकाका ६५ बर्षिय पुरुषको मृत्यु भएको  स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । यसअघि सोमबार गंगाजमुना गाउँपालिकाका ७१ बर्षीय पुरुषको मृत्यु भएको थियो ।

धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुनीबेशी नगरपालिकामा ९ जना, गंगाजमुनाका ६ जना,गजुरी र सिद्धलेकका ४/४ जना, बेनिघाट रोराङ÷त्रिपुरासुन्दरी र नेत्रावती डवजोङका २/२ जना,थाक्रे गाउँपालिकाका २ जना र ज्वालामुखीका १ जनाको मृत्यु भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्