टी-२० विश्वकप भारतमा नहुने सम्भावना

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले २०२१ मेन्स टी-२० विश्वकप कोरोना भाइरसका कारण भारतबाट युएईमा सार्ने विषयमा छलफल गरेको छ।

मंगलबार बसेको बोर्ड बैठकले युएईसँगै ओमानलाई सहआयोजकमा राख्न सकिने विषयमा छलफल गरेको हो।

आइसिसी बोर्डले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आगामी २८ जुनसम्ममा भारतमा विश्वकप गर्न सकिने वा नसकिने विषयमा निर्णय गर्न भनेको छ।

आइसिसीले भारतमा विश्वकप गर्नुका सट्टा युएईमा गर्दा सुरक्षित हुने सुझाव दिएको छ।

यद्यपी उसले टी-२० विश्वकपको विषयमा निर्णय गर्न भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई अधिकार दिएको छ।

यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्डले सिजन २०२१ को आइपिएलका बाँकी खेल युएईमा गर्ने निर्णय गरेको थियो।

गत वर्ष अस्ट्रेलियामा हुने भनिएको विश्वकप कोरोनाकै कारण एक वर्ष सारिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्