एभरेष्ट बैंक र बेलायतको श्पुन रेमिटले गरे रेमिट्यान्स सम्झौता

काठमाडौं, २० जेठ । एभरेष्ट बैंक र बेलायतमा रहेको अनलाईन मनी ट्रान्सफर सेवा श्पुन रेमिटबीच सम्झौता भएको छ । बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने गरी सम्झौता भएको बैकले जनाएको छ ।

श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफि र बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको अनुसार श्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एम. ए. फास्टमोव लि. अन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लीकेसनको दुवै एन्ड्रोइड र आईओएस मा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरुले आफूलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्ने जनाइएको छ ।

यस साझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि विस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नमा मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्