२४ घण्टामा ६८२६ जनामा संक्रमण, ७५ को मृत्यु

देशभर थप ६ हजार ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार देशभरका प्रयोगशालाबाट १८ हजार ५६२ जनाको पीसीआर गर्दा ५,८२५ जना र ३,२११ जनाको एन्टिजिन परिक्षणमा एक हजार गरी कुल ६ हजार ८२६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

बुधबार मात्रै ५ हजार ३१६ संक्रमित थपिएका थिए । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । यस्तै पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ५ हजार ९०४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै निको हुनेको सङ्ख्या चार लाख ६७ हजार ४६७ पुगेको छ । 

कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८१ प्रतिशत रहेको छ । नेपालमा सक्रिय संक्रमित १ लाख १ हजार ८३९ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ७५ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ६३० पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्