२ करोड १२ लाखको लागतमा बन्ने नेत्रावती डबजोङ गाउँपालिका भवनको शिलान्यास

धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । बिहिबार गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यले भवनको शिलान्यास गर्नुभएको हो।  जिल्ला समन्वय समिति धादिङको २ करोड,गाउँपालिकाबाट १२ लाख गरी कुल २ करोड १२ लाखको लागतमा विषयगत शाखा र एक सभाहल सहित २३ कोठाको(दुई तले) भवन निमार्णको लागि सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेलले जानकारी दिनुभयो ।

भवनसम्म जानको लागि दोहोरो निकाश हुने गरी चौतारा मा.विको एक साईटबाट अर्को सेमजोङ प्रहरी चौकीबाट बाटो पहुँच पुर्याइएको पौडेलले बताउनुभयो । वडा नम्बर ३ स्थित सेम्जोङमा निमार्ण हुने उक्त भवनको निर्माण ठेक्का नागर्जुन आशिका फण्डले पाएको र १८ महिना भित्र निर्माण सम्पन्न गनुपर्ने पनि पौडेलले जानकारी दिनुभयो ।

भवन निमार्णको लागि गत असोजमा दुई बर्ष भित्र निमार्ण कार्य सम्पन्न गर्ने उद्धेश्यका साथ जिल्ला समन्वय समिती धादिङ र गाउँपालिका बीच सम्झौता भएको थियो । साविकको जिल्ला विकास समितीमा रहेको मौज्दात कोषलाई जिल्ला समन्वय समिति मौज्दात कोष निर्देशिका २०७५ बमोजिम धादिङका प्रत्येक गाउँपालिकाले प्राप्त गर्ने २ करोड मध्ये नेत्रावतीको प्रशासकीय भवन निमार्ण गर्नको लागि सम्झौता भएको थियोे । 

सम्झौता अनुसार नेत्रावती डबजोङ गाउँपालिकाले जिल्ला समन्वय समितीबाट निकासा हुने दुई करोड मध्ये ७० प्रतिशत अर्थात १ करोड ४० लाख निकासा भईसकेको र बाँकि ३० प्रतिशत अर्थात ६० लाख भवन निमार्ण सम्पन्न पश्चात निकासा हुने प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेलको भनाई छ । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङ(गुरुङ), वडा नं ३ का वडाध्यक्ष बिजय कुमार तामाङ, प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेल,वडा नं ३ का वडाध्यक्ष बिजय कुमार तामाङ,स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्रि पौडेल,बिभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

May be an image of outdoors
May be an image of one or more people, food and outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्