धादिङका थप १४२ जनामा संक्रमण:१११ जना निको भए,दुई जनाको मृत्यु

धादिङका थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका  ५, धुनीबेशीका ८, गल्छीका २, गजुरीका १, बेनिघाटका  ५१, ज्वालामुखीका २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यस्तै त्रिपुरासुन्दरीका ९ , गंगाजमुनाका १२,नेत्रावती  डवजोङका १२, थाक्रेका १९ जना,खनियाबासका १ जना र पालिका नखुलेका १ जना गरि आज जिल्लाका १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला भित्र ११८ र जिल्ला बाहिर २४ पोजिटिभ केश रहेको छ । १४२ जना मध्ये ९५ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने ४७ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो । 

यससँगै जिल्लामा सक्रिय केश १ हजार ५६५ पुगेको छ। संक्रमित मध्ये १३ सय ९५ जना जिल्ला भित्र र १७० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ७११ पुगेको छ । 

जिल्ला भित्र अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा ३० र होम आइसोलेसनमा १३ सय ४४ जना रहेका छन्। जिल्ला बाहिर अस्पताल आइसोलेसनमा ३० र होम आइसोलेसनमा ४० जना रहेका छन्।  

यस्तै धादिङका थप १११ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ४३० पुगेको छ । यस्तै धुनिबेशी नगरपालिककी ६६ बर्षीय महिला र नेत्रावती डवजोङ गाउँपालिकाका ६६ बर्षीय पुरुषको मृत्युसंगै जिल्लाको मृत्यु संख्या ५४ पुगेको छ।  

जिल्ला भित्र थप ६१ स्वाब संकलन भएको छ । १२१ एन्टिजेन परिक्षण भएको छ। हाल जिल्लाभरका ३१५ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्