आपतकालीन समाज सेवा ज्वालामुखीद्वारा स्वास्थ्य सामाग्री सहित औषधी हस्तान्तरण

धादिङ,२३ जेठ 
आपतकालीन समाज सेवा ज्वालामुखीले ज्वालामुखी गाउँपालिका भित्र रहेका संक्रमितहरुको लागि आवश्यक पर्ने औषधी र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

ज्वालामुखी  गाउँपालिका वडा नम्बर ७ मा रहेको आपतकालीन सेवा समाजले संक्रमितहरुको लागि आवश्यक पर्ने औषधी सहयोग गरेको हो ।ज्वालामुखी गाउँपालिकामा जन्मिएर विभिन्न पेशा तथा व्यावसायमा आवद्धहरु भएकाहरुको आर्थिक सहयोगमा औषधी लगायत स्वास्थ्य सामाग्री सहयोग गरीएको डिल्ली प्रसाद छत्कुलीले जानकारी दिनुभयो । 

समाजसेवी तथा नेपाली कांग्रेस ज्वालामुखी काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष किरण छत्कुलीको संयोजकत्वमा आपतकालीन सेवा समाजका अध्यक्ष र गाउँपालीका संग  समन्वय गरी ज्वालामुखीमा संक्रमित भएका १ सय ७० जनालाई पुग्ने गरि औषधी तथा स्वास्थ सामाग्री  आपतकालिन कोषका अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुराल र सचिव देवी प्रसाद छत्कुली ज्यूलाई हस्तान्तरण गरीएको हो ।

प्राप्त स्वास्थ्य सामाग्रीहरु ज्वालामुखी गाउँपालिकालाई हस्तान्तरण गरिने आपतकालिन कोषका अध्यक्ष ज्ञानेन्द्र खकुरालले जानकारी दिनुभयो । आपतकालिन सेवाव समाजले Vitamin D 60 k २ हप्ताको लागि, Tab zinc २० दिनको लागि,Tab vitamin c २० दिनको लागि र मास्क लगायत साबुन सहयोग गरिएको हो । १ सय ७० जनालाई पुग्ने गरी सहयोग गरीएको समाजले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्