धादिङ बजार अनुगमनको आज २७ औं दिन : लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना

धादिङ,२३ ज्येष्ठ ।
जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले धादिङ जिल्लाभर अहिले बजार अनुगमनलाई तिव्र पारेको छ । अनुगमनको आज २७ औँ दिन नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशी पुछार बजारमा रहेको लामिछाने किराना स्टोरको होलसेल गोदाम र बिक्री काउन्टरको निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

अनुगमनका क्रममा उक्त स्टोरले मूल्यसूची नराखिएको, दर्ता भएको वर्षौ भइसक्दा पनि साइनबोर्ड नराखेको, बिक्री बिल देखाउन नसकेको,यस अघिको निर्देशनको बेवास्ता गरेको, उपभोक्ताको स्वास्थ्यप्रति पूर्ण लापरबाही गरेको भन्दै उपभोक्ता संरक्षण ऐन बमोजिम ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

साथै उक्त  किराना पसलको स्टोरको गोदाममा खानतलाशी गर्दा बिभिन्न २३ प्रकारका म्याद गुज्रिएका सामग्री फेला पारी जफत गरिएकोे छ । साग्रगीहरुमा बिभिन्न पेय पदार्थ,खाद्य सामग्री,मसालाहरु लगाएतको रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । उपभोक्ताको निरन्तरको गुनासो पश्चात जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले धादिङ जिल्लाका विभिन्न स्थानहरुमा नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्