धादिङमा आइतबार २१७ जना डिस्चार्ज,१०३ जनामा संक्रमण,एकको मृत्यु

धादिङ,२३ ज्येष्ठ ।
धादिङका थप २१७ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाभित्र र बाहिर रहेका २१७ जना डिस्चार्च भएसँगै  जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ७९० पुगेको छ । यसैगरी आज थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका १,धुनीबेशीका २,गजुरीका  १, बेनिघाटका २,ज्वालामुखीका ४५,गंगाजमुनाका  ११, थाक्रेका १,सिद्धलेकका १७, रुवीभ्यालीका २ जना र धादिङ अस्पतालमा १० जना गरी जिल्ला भित्र ९६ जना र जिल्ला बाहिर ७ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। १०३ जना मध्ये ८५ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने ११ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो । 

यससँगै जिल्लामा सक्रिय केश १ हजार ३६१ पुगेको छ । संक्रमित मध्ये १२ सय ९ जना जिल्ला भित्र र १५२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ८७५ पुगेको छ । आज जिल्ला भित्र अस्पताल आइसोलेसनमा ९, संस्थागत आइसोलेसन्मा २६ र होम आइसोलेसनमा ११ सय ७४ जना रहेका छन् । त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २९ र होम आइसोलेसनमा १२३ जना रहेका छन्।   

यस्तै आज सिद्धलेक गाउँपालिकाकी ४५ बर्षीया महिलाको मृत्यु भएसंगै जिल्लाको मृत्यु संख्या ५६ पुगेको छ । आज निलकण्ठ मा ८८ र गजुरीमा ३ गरि आज जिल्लामा ९१ स्वाब संकलन भएको छ भने २७ जनाको एन्टिजेन परिक्षण भएको छ। हाल जिल्लाभरका १५७ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्