फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको छ। 

१५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो। 

निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो। 

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य १०८ र हवाई इन्धन (आन्तरिक)को मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

निगमले यसअघि जेठ २ गते मात्रै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक)को मूल्य लिटरमा २ रुपैयाँले बढाएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्