जेडन सान्चोलाई भित्र्याउने युनाइटेडको तयारी

बोरुसिया डर्टमन्डले जेडन सान्चोको स्थानान्तरण शुल्क कम गरेसँगै म्यानचेस्टर युनाइटेडले उनलाई भित्र्याउने तयारी थालेको छ । म्यानचेस्टरले गत वर्ष पनि सान्चोलाई भित्र्याउन चासो देखाएको थियो । तर गत सिजन डर्टमन्डले मागेको १० करोड ८० लाख पाउन्ड तिर्न युनाइटेड सहमत भएन । यसपटक भने बुन्डेसलिगा क्लब डर्टमन्डले ८ करोड १५ लाखमै सान्चोलाई बेच्ने भएको छ । कुनै पनि क्लबले यति मुल्य तिर्नसके यी इंलिस विंगरलाई आबद्ध गर्न पाउनेछन् ।

जाडनले गत सिजन डर्टमुन्डका लागि सबैखाले प्रतियोगितामा गरेर १६ गोल तथा १४ एसिस्ट गरेका थिए । त्यहीकारण पनि युरोपका धेरै क्लबले उनलाई भित्र्याउन चाहेका छन् ।जाडनले गत सिजन डर्टमुन्डका लागि सबैखाले प्रतियोगितामा गरेर १६ गोल तथा १४ एसिस्ट गरेका थिए । त्यहीकारण पनि युरोपका धेरै क्लबले उनलाई भित्र्याउन चाहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्