प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारमन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् ।

उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौथिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।बर्खास्त भएका सबै महन्थ ठाकुर पक्षका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्