विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

धादिङ,२४ ज्येष्ठ ।
फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्र्तगत नेपालले आज जोर्डर्नसँग खेल्दैछ । नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो चरणको समूह बी मा आज जोर्डनको सामना गर्दै छ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।  नेपाल र जोर्डनबीचको तुलना गर्दा जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान अगाडी रहेको छ । नेपाल हाल १७१ औ स्थानमा रहेको छ भने जोर्डन ९५ स्थानमा रहेको छ । नेपालले विश्वकप छनोट आफ्नो अर्को खेल जुन ११ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ। 

यसअघि नेपाली टोलीले गत बिहीबार चाइनिज ताइपेइविरुद्ध २–० गोल अन्तरको जित निकालेको थियो। यसअघि जेठ १५ गते  नेपालले आफूभन्दा निकै बलियो टिम इराकविरुद्धको खेल ६–२ गोल अन्तरले हारेको थियो। नेपालको अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हारसहित ६ अंक जोडेको छ। समुहमा नेपाल चौथो स्थानमा रहेको छ।  समूहमा अष्ट्रेलिया १५ अंक जोड्दै शीर्षस्थानमा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्