२४ घण्टामा ६९५१ जना निको हुँदा ४४७२ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घन्टामा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरिएको १७९०३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

१२ हजार २ जनाको आरटी–पीसीआर विधिबाट गरिएको नमूना परीक्षणमा ३३७० र ५९०१ जनाको उन्टिजेन परीक्षणमा ११०२ जनामा पोजेटिभ भेटिएको हो।

यस्तै पछिल्लो २४ घन्टामा थप ६९५१ जना कोरोना मुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ९२ जनाको ज्यान गएको छ। 

विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९९० पुगेको छ। 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ११५ कोरोना संक्रमित थपिएका छन्। 

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ११५ जनामा संक्रमण पुष्टि भएकाे हाे।

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ७९० रहेका छन्। यस्तै, भक्तपुरमा १३५ र ललितपुरमा १९० संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्